images
images

युवाको सक्रियतामा खेल मैदान निर्माण हुदै

अन्जान शर्मा, कपिलवस्तु जितपुर चैत १७,युवा देशका खम्वा हुन युवा बिनाको समाज परिकल्पना गर्न सकिदैन हो यहि भनाईलाई पुष्टि गर्दैछन बाणगंगा नगरपालिका वडा नं.४ डुगहवाका युवाहरुले बिभिन्न राजनैतिक बाधा र अवरोधका कारण पिछडिन गएको सिंङ्गो कपिलवस्तु जिल्लाले यति वेला मुहार फेर्दै गरेको अवस्थामा यहांका युवाहरुको सक्रियताले वडा नं.४ डुगहवाको मुहार फेरिदै गएको छ ।

बाणगंगा नगरपालिकाको ४२ लाख र वडा कार्यालयको २२ लाखमा करिव २ किमी बाटो निर्माण हुदै गरेको अवस्थामा पुन:वडा अध्यक्ष गणेश क्षेत्रीले आफ्नो वडाको बजेट मध्ये दुई लाख पचास हजार छुट्टाएर श्री शान्ति निम्न माध्यामिक बिधालयको प्राङगणमा रहेको फुटवल मैदान निर्माणका लागी सो रकम उपलब्ध गराउनु भएको हो । नेपाली काग्रेस कपिलवस्तु तरुण दलका अध्यक्ष खोम बहादुर सिंह (शक्ति) का अनुसार यो मैदानलाई कपिलवस्तुको नमुना खेल मैदानको रुपमा स्थापना गर्न लागिएको र यसका लागी सबैको साथ र सहयोग अप्रियहार्य रहेको बताउनु भयो ।

खेल मैदान मर्मत कार्य भैरहेको मर्मत पश्चात सिङ्गो कपिलवस्तु जिल्लाको खेल जगतलाई नै माथी उठाउनको लागी बिभिन्न किसिमका प्रतियोगिताहरु आयोजना गर्ने युवा समाज सेवी सुशिल सिंह ठकुरीले बताउनु भयो ।