images
images

सरकार र निजि क्षेत्रबिच साझेदारी आवश्यक

अशोक पौडेल
जितपुर(कपिलवस्तु) १६ चैत्र ।
प्रदेश नः ५ कपिलवस्तु क्षेत्र नः १ क का सासंद बिष्णु पन्थीले राज्यको बिकासका लागी सरकार र निजि क्षेत्रको साझेदारी आवश्यक रहेको बताएका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा बाणगंगा चार नः जितपुरमा आयोजित भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै सरकारले राज्यको तिव्र बिकास लागी निजि क्षेत्रसगं सहकार्य गर्नेमा जोड दिएका हुन । यहाँ उद्यागी र ब्यवसायीहरुको सहयोग र लगावले मात्र देशले बिकास तर्फ उन्मुख हुने उनको भनाई रहेको थियो । साथै सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ सल्लाहकार बिष्णु प्रसाद न्यौपानेले सरकारले निजि क्षेत्रलाई प्रोत्साहान गर्न आवश्यक रहेको बताए ।

साथै सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, सल्लाहकार टोप नारायण बेल्बासे, सघंका सचिव मनोज पौडेल र कोषाध्यक्ष मोहन न्यौपानेले आआफनो धारणा राखेका थिए । सघंको आफनै भवनमा आयोजित उतm कार्यक्रममा बि.स. २०७५ सालको भित्रेपात्रो बिमोचन गरिएको थियो । कार्यक्रममा बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, छवि रेश्मी मगर, पत्रकार हरि अधिकारी, मोहन बेल्बासे, अशोक पौडेल लगायत सय बढि ब्यवसायीहरुको सहभागीता रहेको थियो ।