images
images

जग्गाको लालपुर्जा नहुदा समस्या

अशोक पौडेल
जितपुर(कपिलवस्तु) १६ चैत्र ।
कपिलवस्तु बसोबास ब्यवस्थापन समितिले ब्यवस्थित बसोबासका लागी भन्दै काम सुरु गरेको छ । बिगत १ महिना भन्दा बढि समयदेखि समितिले जिल्लाका बिभिन्न क्षेत्रमा अब्यवस्थित रुपमा बस्दै आएका स्थलहरुको निरिक्षण गर्नुका साथै ब्यवस्थित बसोबासका लागी काम थालनी गरेको हो । जसअन्र्तगत कपिलवस्तुको बाण्गंगा नगरपालिकाको को वडा न ः १ र २ , शिवराज नगरपालिकाको बनकट्टी ४ र बाणगंगाको ११ मर्थीमा अनुगमन सहित अन्तक्रिया कार्यक्रम समेत भएको छ । सो अवसरमा बिगतका समयमा पनि बसोबास ब्यवस्थापनका लागी भन्दै अनुगमन गर्ने कार्य बारम्बार भएको भएतापनि लालपुर्जा बितरण नभएको बाणगंगा १ का सुकबिर बिकले बताए । तर अहिले जिल्ला बसोबास ब्यवस्थापन समितिको सक्रियता देख्दा यसपाली भने लालपुर्जा पाउने आशा रहेको उनी बताउछन ।


बिगतमा जे भयो यस बिषयमा आफु नबोेल्ने तर यसपाली जसरी पनि पिडितले लालपुर्वा पाउने जिल्ला बसोबास ब्यवस्थापन समितिका जिल्ला अध्यक्ष राजेश आर्चायले बताएका छन । अन्र्तकृया कार्यक्रममा बोल्दै अध्यक्ष आर्चायले लगत्तै जिल्ला भित्रका अब्यवस्थित रुपमा बसेकाहरुलाई ब्यवस्थित गराइने र लालपुर्जा दिने उनको भनाई रहेको छ । सो अवसरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख रामेश्वर अर्याल, जिल्ला बन कार्यालयका निमित्त प्रमुख रामहरी सोडाइ, जिल्ला बसोबास ब्यवस्थापन समितिका सदस्य दोलकराम घिमिरे, मालपोत र नापी कार्यालयका प्रतिनिधि, बाणगंगा वडा नः १ का अध्यक्ष बाल कुमारी अधिकारी, २ का बिष्णु प्रसाद पौडेल लगायतले आआफनो धारणा राखेका थिए । अब्यवस्थित बसोबास समग्र जिल्लाको समस्या रहेको बताउदै उनीहरुले यो समस्या समाधानका लागी सबैले आआफनो ठाउबाट काम गर्न आवश्यक रहेकोमा उनीहरुको जोड रहेको अमिन राममणि पौडेलले जानकारी दिए । २०२६ सालदेखि बस्दै आएका उनीहरुले अव लालपुर्जा पाउने आशा पलाएको बताउदै खुशी समेत समितिका सदस्य सचिव लक्ष्मण प्रसाद चालिसेले बताए ।