images
images

नेपाल टेलीकमद्धारा ब्यालेन्स सापटी सेवा शुरु

काठमाण्डौ चैत १६,नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान हुने भएको छ । नेपाल टेलिकमले शुक्रबार आजदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना  नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।

टेलिकमद्धारा आज आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे । अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुने छ ।

नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा SMS पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ । यो समचार आजको अनलाईन खबरबाट लिएका हौ ।

सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा SMS पठाउन सक्नेछन् । ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् । सापटीबापत पाइने रकम डाटा र SMS  मा पनि प्रयोग गर्न सकिनेछ टेलिकमले जनाएको छ ।