सप्तरी चैत १६,सप्तरीको खडक नगरपालिका–८ पूर्व–पश्चिम राजमार्गमा स.१क १७९ नम्बरको टिपरले स.६प२८९१ नम्बरको मोटरसाइकललाई विहीबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक सिराहा नवराजपुर गाउँपालिका–१ बस्ने ३० बर्षीय संजय यादब र २१ बर्षीय अमित कुमार यादब घाइते भएकोले उपचारको लागि सप्तऋषी अस्पताल लाहान सिराहा पठाइएकोमा उपचारको क्रममा संजय यादबको मृत्यु भएको छ । अमित कुमारलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघी बढाएको छ ।


जनता भ्वाइस 








