अशोक पौडेल
जितपुर(कपिलवस्तु) १५ चैत्र ।
ट्रेड युनियन कपिलवस्तुको अध्यक्षमा बालकुमारी अधिकारी निर्वाचित भएकि छन । कपिलवस्तुको बाणगंगा नगरपालिका बोडगाउमा रहेको ट्रेक्टर समितिको सभाहलमा भएको युनियनको छैठौ अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएकि हुन । उनी बाणगंगा नगरपालिका वडा नः १ कि वडा अध्यक्ष समेत रहेकी छन । त्यस्तै युनियनको उपाध्यक्षमा नेत्र बञ्जाडे, भतिmराम शर्मा गुरु र हरिलाल अधिकारी, दुर्गा प्रसाद अधिकारी निर्मला न्यौपाने सचिवमा जनक बेल्बासे कोषाध्यक्ष शेराज अहमद रहेका छन भने बिजय खनाल , अनिता पौडेल, सिता भट्टराई लगायत १० जना सदस्यमा रहेका छन ।
कार्यक्रममा ननेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष तथा पुर्व सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आर्चाय, पुर्व मन्त्री कमलेश शर्मा, युनियनका निबर्तमान अध्यक्ष लोक नाथ शर्मा, कृषी श्रमिक सघंकी केन्द्रीय अध्यक्ष बिमला गैरे, बन पैदावार महासघंका केन्द्रीय सदस्य रुक बहादुर भुसाल, नेपाली काग्रेसका जिल्ला नेताहरु दोलक राम घिमिरे, दुर्गा केसि, खोम बहादुर सिहं शतिm ठकुरी लगायतले सो अवसरमा निर्वाचित कार्यसमितिलाई शुभकामना दिनुका साथै आआफनो धारणा राखेका थिए ।