पोखरा चैत १४, पोखराबाट नारायणगढ जाँदै गरेको यात्रुबाहक बस पोखरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी डाँडाकोनाकले जनाएको छ । यो समचार आजको अन्नपुर्णपोष्टबाट लिएका हौ ।
ना ५ ख ३४१ नम्बरको बस बुधबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित लामेआहलमा बिहान ८ बजे सडकमा पल्टिएको थियो। बसका सहचालक लमजुङ जिल्ला धमेलीकुवाका ४० वर्षीय सुजन गुरुङको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते १० जनाको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।