images
images

कपिलवस्तुमा गाई काटेको अारोपमा चार जना पक्राउ

कपिलवस्तु जितपुर चैत ११,कपिलवस्तुको दक्षिण पश्चिममा रहेको विजयनगर गाउँपालिका-४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई नियन्रणमा लिएको छ ।

रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो तथ्य बाहिर आएको हो । राना पक्राउ परेको एक दिनपछि गाई काट्नमा सहयोग गरेको भन्दै सोही गाउँबाट अन्य तीन जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कुमारी घर्ती, रामकुमारी घर्ती र कुन्ती थापा रहेको इलाका प्रहरी कार्यालय गणेशपुर प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा  हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।