images
images

एडिबीद्धारा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

रुपन्देही चैत १०, भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रगतिको नयाँ लक्ष्य तोकेको छ । विमानस्थल निर्माणमा लगानी गरिरहेको एसियाली विकास बैंकका नेपालका लागि कन्ट्री म्यानेजर मुख्तार खामुदखानोभसहित प्रतिनिधिले विमानस्थल निर्माणको निरीक्षण गरेको छ।

स्थलगत निरीक्षणपछि आयोजना प्रमुखसहित नेपाल नागरिक उड्डयन प्राधिकरण, ठेकेदार कम्पनी र सरोकारवालाको बैठकमा आयोजनाका लागि असारसम्म ५० प्रतिशत भौतिक प्रगतिको लक्ष्य तोकिएको छ । यस आयोजनाको प्रगति सुस्त रहेको भन्दै बैंकले लगानी निरन्तरता दिन नसकिने चेतावनी प्राधिकरणलाई दिएको थियो । तर, छलफलमा एडिबीको टोलीले चालू आर्थिक वर्षसम्म आयोजनाको प्रगति ५० प्रतिशत पुर्‍याउनुपर्ने सर्तसहित लगानी निरन्तरताको प्रतिबद्धता व्यक्त गरेको थियो यो समाचार नयां पत्रिकाबाट लिएका हौ।

विमानस्थलको भौतिक प्रगति ३७ प्रतिशत
आयोजना प्रमुख ओम शर्माका अनुसार अहिले विमानस्थलको भौतिक प्रगति ३७ प्रतिशत हाराहारी छ । यस आयोजनाको म्याद पहिलोपटक डिसेम्बर २०१७ रहेकोमा थप गरी जुन २०१८ पु¥याइएको छ । उक्त अवधिभित्र कम्तीमा ५० प्रतिशत कार्य प्रगति हुनुपर्ने लगानीकर्ता एडिबीको सर्त छ ।

एडिबीले यस आयोजनालाई गति दिन नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग थप छलफलको तयारी गरिरहेको उक्त अवसरमा जानकारी दिइयो । एडिबीको टोली तीन दिनदेखि भैरहवामा छ । कन्ट्री म्यानेजर खामुदखानोभ भने बिहीबार मात्र भैरहवा पुगेका थिए ।

जनवरी २०१५ बाट निर्माण सुरु भएको यो आयोजना डिसेम्बर २०१७ मा पूरा भइसक्नुपर्ने थियो । तर, निर्धारित अवधिमा सम्पन्न नभएपछि जुन २०१८ सम्मको समय बढाइएको थियो । आयोजना ६ अर्ब २२ करोड रुपैयाँ लागतमा बनिरहेको छ । आयोजनाका अनुसार अहिलेसम्म २ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

त्रिभुवन विमानस्थलको चाप घटाउने विकल्प खोज्दै छु : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थलको हवाई ट्राफिक चाप व्यवस्थापनको उपाय खोजिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा सञ्चारकर्मीस“गको छलफलमा मन्त्री अधिकारीले तत्काल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने अवस्था नरहेकाले त्रिभुवन विमानस्थलको चाप घटाउने उपाय खोजी भइरहेको बताए ।

यसका लागि काठमाडौंनजिकै वैकल्पिक विमानस्थल निर्माणदेखि आन्तरिक वायुसेवा कम्पनीको आधार विमानस्थल उपत्यकाबाहिर तोक्नेजस्ता सुझाब आएको उनको भनाइ छ । यसबाहेक निर्माणाधीन दुई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काममा कुनै विलम्ब नहुने उनको प्रतिबद्धता छ । आफूले ५ वर्षभित्र गर्न सक्ने कामको विवरण तयार पारिरहेकोसमेत उनले जानकारी दिए ।

बुधबार नेपाल वायुसेवा निगम पुगेका मन्त्री अधिकारीले उपलब्ध सबै विमान नियमित उडाउने वातावरण बनाउन व्यवस्थापनलाई निर्देशन दिएका छन् । नाफामूलक योजना, दक्ष जनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त जहाज भए मात्र निगमको विगतको साख फिर्ता गर्न सकिने उनको भनाइ थियो ।