अशाेक पाैडेल
जितपुर(कपिलवस्तु) ८ फागुन ।
कपिलवस्तुका युवाहरुको सक्रियतामा पश्चिम नेपालद्धारा सञ्चालित नमस्ते कपिलवस्तु बसले पछिल्लो समय नेपालमा मात्र नभई भारतमा समेत लोकप्रियता पाएको छ । सुरुमा २ वटा डिलक्स सेवाका साथमा नमस्ते कपिलवस्तु बसको नामबाट सञ्चालित बसको सख्ंया अहिले आएर १० वटा पुगेको छ । बसको लोकप्रियता बढेसगै नेपालको कृष्णनगर, बुटवलबाट काठमाण्डौको सेवा दिदै आएको नमस्ते कपिलवस्तुले बुटवलबाट भारतको नयादिल्लीका लागी सेवा सञ्चालनमा समेत ल्याएको थियो । दिल्लीका लागी यहाँबाट सहजै जान पाउने भएपछि नमस्ते कपिलवस्तुको सेवालाई भारतका अन्य क्षेत्रमा समेत सुरु गर्न भारतमा बस्ने नेपालीले आग्रह गरेपछि यही फागुन १४ गतेबाट काढमाण्डौदेखि सुनौली, गोरखपुर, लखनउ, आगरा हुदै राजस्थान जाने सेवा सुरु गरेको छ । उतm बस भैरहवाबाट ४ बजे साझ छुट्ने छ ।नेपालका यात्रुले यसलाई मनपराएपछि भारतमा समेत नमस्ते कपिलवस्तुकैसेवा सञ्चालन गर्न आग्रह गरेको यो सेवा सुरु गरिएको युवा ब्यवसायी कुमार खडकाले बताए ।
तस्बीर ः युवा ब्यवसायी कुमार खडका
बसभित्र भाडा तिरेको रकमबाट यात्रुले कोक, फेन्टा, स्प्राइट मध्य एउटा त्यस्तै एउटा बिस्कुट र पानीको बोतल निशुल्क पाउने गरेका छन । आफु नमस्ते कपिलवस्तु बस सञ्चालनमा आएपछि यहीँ बसमा काठमाणडैमा जाने गरेको बताउदै बाणगंगा ४ का कमलेश थारुले परिवारका साथमा जादा पारिवारिक वातावरण पाएकोमा खुशी लागेको उनले बताए । नम्रताका साथ बस होस्टेजबाट प्रदान गर्ने सेवाले मन छोएको उनको भनाई छ । बसको हरेक सिटमा कलबेल रहेकोले यात्रुलाई समस्या पर्ना साथ त्यस स्वीचलाई दवाउना साथ बसको स्टाफले थाहा पाउने र समस्या समाधान गर्ने सेवा पनि बसको प्रभावकारी रहेको बसका अर्का सञ्चालक कमल क्षेत्रीले बताए ।
एयर सस्पेनसन बस हुदा झ्याक्ने जस्ता समस्या नहुने गरेको बताउदै बस भित्रै मिनि शपको समेत ब्यवस्था गरिको छ । यात्रुको मन छोएकोले नया नया यात्रु भन्दा पनि एकपटक चडेर यस बसमा यात्रा गर्ने यात्रुनै बारम्बार यसैलाई राज्ने गरेको बताउदै बसका सञ्चालक कुमार खडाकाले कपिलवस्तुका युवमहरुद्धारा सृजनात्मक रुपमा सञ्चालित नमस्ते कपिलवस्तु बसमा एक पटक चढन आग्रह गरेका छन । यद्यपि केही दिन यता अनलाइनमा आएका खबरप्रति ध्यानकर्षण भएको उतm बसका ब्यवसायीहरुले जनाएका छन । निराधार समाचार बनाई नमस्ते कपिलवस्तुको बदनाम गर्न खोजेकोमा उनीहरुले आपत्ती जनाए । साथै काठमाण्डौबाट पश्चिमका लागी आउने बसहरुले नमस्ते कपिलवस्तुकै ब्राण्डको भनि प्रचार प्रसार गरेको प्रति ब्यवसायी कुमार खडकाले आपत्ती जनाएका छन ।