सुर्खेत, चैत ६:- सुर्खेतमा बेवारिसे अबस्थामा छोडिएको शिशुलाई प्रहरीले उद्धार गरेको छ । वीरेन्द्रनगर नगरपालिका – ६ शनिहल नजिकै बेवारिसे अवस्थामा शिशुलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेर जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको हो । बिहान ६ बजे प्रहरीले शिशुको उद्धार गरेको हो ।
शिशु एक–दुई दिन अगाडि जन्मेको हुन सक्ने प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । शिशुलाई उपचारको लागि अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ भने शिशुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।