कपिलवस्तु, ३ चैत्र ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नाकामा अवैध रुपमा रकम असुल्दै आएको भेहीकल वेलफेयर फोरम (रजि)लाई रकम नउठाउन जिल्ला प्रशासनले रोक लगाएको छ । सहयोगको नाममा अवैध रुपमा सहयोग शुल्क उठाउदै आएको रजिलाई रकम नउठाउन रोक लगाएको हो । भारतीय चालक अकबर मुसलवानले सहयोग शुल्क हो, यो रसिद काट्नै पर्ने भन्दै गुण्डागर्दी शैलीमा पैसा उठाउने गरेको बताए । पैसा नदिदा अपशब्द बोल्नुका साथै पिटने समेत गरेको मुसलवानले बताए ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख मदन भुजेल आफुले रकम उठाउन रोक लगाई सकेको र फेरी कुनै बहानामा रकम उठाए कडा भन्दा कडा कारबाही हुने बताए । भारतीय गाडीलाई नेपालमा अफठ्यारो पर्दा हेरिदिने भएकाले सहयोग शुल्क उठाइने गरेको विट इञ्चार्ज बलबिर थापाले बताएका थिए । स्थानिय ब्यवसायी रवि शाहको नेतृत्वमा यसरी अवैध रकम असुली असुली गर्दै आएका हुन ।