बुटवल – रुस्लान थ्री स्टार क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । चिरपरिचित प्रतिद्धोन्दी लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लबलाई २-१ ले पराजित गर्दै आफ्नो फाईनल यात्रा तय गरेको हो ।
देवीनगरस्थित एन्फा खेल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरी फाईनलको लागी आफ्नो भेट नेपाल पुलिस क्लबसँग पक्का गरेको छ ।