images
images

प्रधानन्यायाधीश गोपाल पराजुली पद मुक्त,कामु प्रधानन्यायाधीश दिपकराज जोशी

काठमाडौं चैत १,बुधबार न्याय परिषद्का सचिवले पदमा नरहेको जानकारी गराएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ । पराजुलीले राजीनामा बुझाउँदै आफूलाई पदमा नरहेको जानकारी गराउने न्यायपरिषद् सचिवद्धारा हस्ताक्षर पत्र बदर गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन् । पराजुलीले संविधानको धारा १३१ को खण्ड (क) बमोजिम बिहीबार राजीनामा पत्र बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले न्यायालयलाई व्यवस्थित बनाउने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । जोशीले न्यायपालिकाप्रति जनताको आस्था पहिलेकै जस्तो बलियो बनाउन आफू लागिपर्ने बताएका छन् ।