images
images

विश्व प्रख्यात भौतिकशास्त्री स्टेफेन हकिङको निधन

काठमाडौं, ३० फागुन:- भौतिकशास्त्री स्टेफेन हकिङको निधन भएको छ । ब्रिटिश भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनका परिवारका प्रवक्ताले जानकारी दिएको समाचार संस्था एपीले समाचार बनाएको छ ।

स्टेफेन हकिङ विश्वमै प्रख्यात फिजिसिस्ट र लेखक हुन् । आफू शारीरिक रुपले अशक्त रहे पनि उनले विश्वमै अद्भूत अध्ययन गरेका थिए ।

उनले ब्ल्याक होल्सका बारेमा अध्ययन गरेका उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लेखेका छन् ।

उनले ग्रयाभिटेसनल ओएभ्स, क्वान्टम मेकानिक्स र जनरल रिलेटिभीटिमा अध्ययन समेत गरेका छन् ।