images
images

हाम्रा पाइलटलाई मिसगाइड गरेकाले दुर्घटना भयो

काठमाडौं/ सोमबार भएको युएस बंगला विमान दुर्घटना त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटिसी)को लापरवाहीका कारण भएको युएस बंगला एयरलाइन्सले आरोप लगाएको छ । एटिसीबाट गलत सन्देश आएकाले यो विमान दुर्घटना भएको युएस बंगला एयरलाइन्सले प्रारम्भिक अनुसन्धानमा निकालेको छ ।

युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इमरान असिफले ढाकामा पत्रकारहरुसँग कुरा गर्दै यो आरोप लगाएका हुन् । एयरलाइन्सको मुख्य कार्यालय बरिधारमा पत्रकारहरुसँग कुरा गर्दा असिफ निकै आक्रोशित देखिन्थे ।

‘एटिसीले हाम्रा पाइलटहरुलाई मिसगाइड गरेकाले यो दुर्घटना भएको हो,’ उनले भनेका छन्, ‘एटिसीले गलत सुचना दिँदा हाम्रा पाइलटलाई विमान कुन रनवेमा अवतरण गर्ने भन्ने थाहा भएन ।’

पाकिस्तानी मिडिया द डेली स्टारका अनुसार सिइओ असिफले विमानमा कुनै पनि प्राविधिक समस्या नरहेको जानकारी दिए । ‘विमानमा कुनै प्राविधिक कमजोरी थिएन,’ उनले भनेका छन्, ‘एटिसीबाट भएको लापरवाहीका कारण दुर्घटना भएको हो ।’

उनले विमानका पाइलट निकै अनुभवि भएको बताएका छन् । ‘हामौ पाइलट बम्बार्डियर एयरक्राफ्टका प्रशिक्षक नै हुन्,’ उनले भनेका छन्, ‘उनको उडान घन्टा ५ हजारभन्दा बढी छ । यो एटिसीकै अन्योलले भएको दुर्घटना हो ।’

यता नागरिक उड्ड्यन प्राधिकरणले चाहिँ अवतराण असाधारण भएकाले विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ

साभार : फरक धार