काठमाण्डौ फाल्गुन २८,यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको छ ।
केएमसी अस्पतालमा निधन भएका यात्रुको नाम प्राप्त भएको छ ।
- ३५ वर्षिय हरिशरण पौडेल
- ३० वर्षिय सजना देवकोटा
- ८० वर्षिय प्रविण चित्रकार
- दुइ जना चिनियाँ यात्रुको नाम खुलेको छैन ।
- धेरै नै बर्न इन्जुरी भएका बाँकी दुईको पहिचान खुलेको छैन ।
घाइतेहरुको केएमसी,मेघासिटी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।