images
images

दुर्घटनाग्रस्त विमानमा ७१ जना रहेको खुलासा ३० जनालाई उद्धार

काठमाण्डौ फाल्गुन २८, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ  । ३०/३२ जना घाईतेहरुलाई सिनामंगल स्थित के.एम.सि.अस्पतालमा उपचार भैरहेको छ । अन्य घाईतेलाई काठामाण्डौका बिभिन्न अस्पतालमा हेलिकप्टर र एम्बुलेन्सबाट लाने काम भैरहेको छ ।

विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । घाईतेहरुलाई जलेको अवस्थामा उद्धार गरिएको छ ।

काठमाण्डौका बिभिन्न अस्पतालबाट डाक्टरहरुको टोलीलाई हेलिकप्टरबाट बिमानस्थलमा लगिएको छ ।