बुटवल फाल्गुन २७,प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेशसभामा वाम गठबन्धनको समर्थन रहेकाले पोखरेलले विश्वासको मत पाउने निश्चित छ । माओवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता पोखरेलले ३ फागुनमा शपथ ग्रहण गरेका थिए । आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन र स्थानीय तहका सेवा सुविधा सम्बन्धी ऐन पेश गर्ने तयारी पनि गरिएको छ । यसअघि १३ फागुनका लागि तय भएको बैठकमा विजनेस नभएको भन्दै बैठक नै नबसी सूचना टाँसेर स्थगित भएको थियो ।
onlinekhabar