कपिलवस्तु फाल्गुन २५,प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्री कुलप्रसाद केसीले ‘अन द स्पट कारबाही’ अभियान शुरु गरेका छन् ।
अवैध तस्करी र कालोबजारी रोक्न यो अभियान थालिएको मन्त्री केसीले बताए । ‘अभियान तत्काल थाल्न निर्देशन दिएको छु, अवैध काम अब सबै ठेगान लाग्नेछ’ उनले भने ।
प्रदेश ५ का धेरै स्थान सीमानाकासँग जोडिएको र सीमामा तस्करी तथा अवैध रुपमा नदीजन्य वस्तुहरु निकासी भइरहेको भन्दै उनले कारवाही अभियान चलाउन प्रदेश ५ का एसएसपी दीपक थापालाई कडा निर्देशन दिएका हुन् ।
परासीको तिलकाना जोडेनी खोला, तुरिया खोला, भूमहि पानबारलगायतका क्षेत्र रुपन्देहीको तिनाउ नदि कपिलवस्तुको बाणगंगा नदि दाङको राप्ति नदिमा नियमित अवैध तस्करी भइरहेको गुनासो आएको मन्त्री केसीले बताए ।