काठमाडौं,फागुन २५:- एउटै खुट्टाको भरमा आकर्षक नृत्य गर्दै आएकी कलाकारनृत्य रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।न्यौपानेलाई ठगी गरेको अभियोगमा काठमाडौंको महराजगञ्जबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।
कलाकार न्यौपाने र उनका श्रीमान चिरञ्जीबी पोखरेल मिलेर ‘भोलेन्टर एसोसिएसन अफ डिजेवल सोसाईटी’ नामक संस्था मार्फत लघुवित्त योजना कार्यक्रमको नाममा ३६ लाख ठगी गरेको बताईएको छ । ‘ठगी मुद्धामा चिरञ्जीबी अहिले पनी कारागारमा छन्’ डिएसपी थापाले भने, ‘सोही मुद्दामा रोमा न्यौपानेलाई पनि सम्मानित जिल्ला अदालत काठमाडौंले दोषि ठहर गरेको छ, हामी उनलाई भोलि अदालत पेश गर्छौ ।’


जनता भ्वाइस 







