images
images

‘ब्ल्याक’मा आकाश बिन्दास, भिडियो छ है गज्जब !

काठमाडौं । फिल्म ’ब्ल्याक’को पहिलो गीतको कोशेली दर्शकमाझ ल्याएको छ । आकाश श्रेष्ठको गजब्बको अभिनय रहेको ’चङ्गा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा प्रतिक पौडेलको स्वर छ भने शब्द संगीत संयोजनको काम पनि प्रतिकले नै गरेका छन् । युवा गायक संगीतकार प्रतिकको आवाज बोल्ने उक्त गीत मुख्यतः युवा पुस्ता लक्षित छ । लभस्टोरी प्याटनको फिल्मको गीतमा कहिँकतै पार्टी मूडमा त कतै ’जर्नी मूड’मा विन्दास अबतारमा आकाश अनि उनको टिम देखिएको छ ।

अभिनेत्री आँचल शर्मालाई पहिलो गीतमा फिचर गरिएको छैन् । आयोजित कार्यक्रममा पनि राजधानी बाहिर भएको कारण आँचल उपस्थित भइनन् । अभिनेता आकाशले फिल्मको कथाले मन छोएको कारण नै आफु आवद्ध भएको भन्दै रिलिजपछि मेहनतको फल प्राप्त हुने विश्वास पोखे । निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् ।

रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन् ।