पेरिस फाल्गुन २३,(एजेन्सी)– च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–१ ले हराउँदा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरेको थिए । त्यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्व क्लब म्यानचेस्टर युनाइटेडका सहकर्मी रुड भान निस्टरोयसँगको कीर्तिमान बराबरी गरेका छन् ।
पिएसजीकोविरुद्धको पहिलो लेगमा २ गोल गरेका रोनाल्डोले गए राती खेलको दोस्रो हाफमा हेडमार्फत टोलीका लागि पहिलो गोल गरेका थिए । २–१ को जित र समग्रमा ५–२ को अग्रतासहित साविक विजेता समेत रहेको रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ ।
नेदरल्यान्ड्सका पूर्व स्टार निस्टरोयले युनाइटेडमा १५ वर्ष विताउने क्रममा च्याम्पियन्स लिगका लगातार ९ खेलमा गोल गरेका थिए ।च्याम्पियन्स लिगको पछिल्लो सिजनको फाइनलमा युभेन्ट्सविरुद्ध २ गोल गरेका रोनाल्डोले पनि लगातार नौं खेलमा गोल गरेका छन् ।
यो सिजनको समूह चरणमा तीन खेलमा सबै टोलीविरुद्ध उनले २ गोल गरेका थिए । पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डो पछिल्लो केहि साता देखि उच्च फर्मका रहेका छन् । यद्दपी, सिजनको सुरुआत भने उनको प्रदर्शन कमजोर रहेको थियो ।
hamrokhelkud