एजेन्सी फाल्गुन २३,बलिउड अभिनेत्री श्रीदेवीको मृत्युपछि उनका पति बोनी कपुरले उनका सबै इच्छा पुरा गर्न चाहेका छन्। उनले ६ मार्चमा आफ्नी छोरी जाहन्वीको जन्मदिनपछि त्यसैगरी मनाए जसरी श्रीदेवी चाहन्थिन।
उनले अब श्रीदेवीको जीवनमा आधारित डकुमेन्ट्री बनाउन चाहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। डकुमेन्ट्रीमा वास्तविक भिडियो फुटेजको प्रयोग गरिने समाचारमा जनाइएको छ। डेक्कन क्रानिकलको रिर्पोट अनुसार बोनी कपुरले उक्त डकुमेन्ट्री बनाउने जिम्मा उनका नजिकका साथी शेखर कपुरलाई दिएका छन्।
पछिल्लो समय बोनीले दिवंगत श्रीदेवीको अन्तिम अस्तु रामेश्वरमा विसर्जन गरेका थिए। त्यसक्रममा बोनी कपुरका साथमा उनका दुबै छोरी समेत सामेल भएका थिए। उनी अब श्रीदेवीको आत्मा शान्तिका लाग हरिद्वार समेत जाने समाचारमा उल्लेख छ।
DCnepal


जनता भ्वाइस 








