images
images

विद्यादेवी भण्डारीले दोस्रो कार्यकालको लागि मनोनय दर्ता

काठमाडौँ फाल्गुन २३,विद्यादेवी भण्डारीले भावी राष्ट्रपतिका लागि मनोनय दर्ता गराएकी छन्। भण्डारीले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र  माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती छन्। त्यस्तै समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।

उम्मेद्वारी दर्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीपनि उपस्थित थिए।

राष्ट्रपतिमा उम्मेद्वारी दर्तापछि सञ्चारमर्कीसँग कुराकानी गर्दै भण्डारीले नयाँ संविधान कार्यानन्वय र त्यसका चुनौतीलाई मध्यनजर गर्दै दोस्रो पटक उम्मेद्वारी दिएको बताइन्।

नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेद्वारी दर्ता गराइसकेकी छिन्।