अशोक पौडेल
जितपुर(कपिलवस्तु) १६ माघ ।
जिल्ला बसोेबास ब्यवस्थापन कार्यालय कपिलवस्तुले स्थलगत निरिक्षण गर्ने कार्य सुरु गरेको छ । बाणगंगा नगरपालिका वडा नः १ र २ मा लालपुर्जा नभएकाहरुलाई लालपुर्जा दिने उदेश्यले स्थलगत निरिक्षण गरिएको हो । जिल्ला बसोेबास ब्यवस्थाप समितिका जिल्ला अध्यक्ष राजेश आर्चाय, सदस्य सचिव लक्ष्मण प्रसाद चालिसे, सदस्य दोलकराम घिमिरे, मञ्जु चौधरी, अमिन राममणि पौडेल वडा सदस्य झलक मल्ल लगायतले अनुगमन गरेका थिए ।
करिव २ सय बढि घरदुरीलाई लालपुर्जा नभएका घरदुरीहरुको अनुगमनपछि उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया सुरु गर्ने जिल्ला अध्यक्ष राजेश आर्चायले बताए । जिल्ला भर यो समस्या रहेकाले समितिले तिव्र रुपमा काम गरी यो समस्या समाधान हुने सदस्य दोलकरामले बताए । साथै यो समस्यालाई साझा समस्याका रुपमा लिई सहयोग गर्न पनि अनुरोध उनले गरेका छन ।