images
images

भ्रष्टाचार हुने मुलुक मध्ये नेपाल कति स्थानमा पर्छ???

काठमाडौँ, फाल्गुन १०:-  भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल प्रगति उन्मुख देखिएको छ । अघिल्लो दुई वर्षको तुलनामा नेपालले दुई अंक बढी प्राप्त गर्दै ९ स्थानमाथि उक्लिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ । १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ । यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ औं स्थानमा थियो ।

राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिने बताइन्छ । पछिल्लो प्रतिवेदनले सन् २०१६ को तुलनामा गएको वर्ष नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ । सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ ।

सन् २०१७ मा भएका तीन तहका चुनावका कारणले राजनीतिक क्षेत्रमा केही स्थिरता हासिल भएको अपेक्षासाथ नेपालले उक्त सूचकांकमा केही प्रगति गरेको बताइएको छ । सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ । भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन् । नेपाल दुई स्थान तल १२३ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औं स्थानमा छ