images
images

सेभिया र म्यानचेस्टर गोलरहित बराबरीमा रोकिए

सेभिया (एजेन्सी), फाल्गुण १०:-  गए राति च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस टोली सेभिया र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् ।

सेभियाको घरेलु मैदानमा खेलिएको सो खेलमा सेभियाले खेल नियन्त्रणमा राख्दै कैयौं प्रहार गरे पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले तिनको उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा सम्हालिराखे । अब दोस्रो लेग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा मार्च १४ मा खेलिने छ ।

त्यस्तै गए रातिको अन्य खेलमा शाख्तार दोनेस्कले एस रोमालाई २-१ ले पराजित गर्न सफल रह्यो । पाहुना टोली रोमाले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल गर्दै घरेलु टोलीले खेल उल्टाएको थियो । यी दुई टोलीको दोस्रो लेग पनि मार्च १४ मा नै खेलने छन ।