अशोक पौडेल
जितपुर(कपिलवस्तु) ८ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ पिपरामा हात्तिपाइले रोग निवारण सम्बन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फागुन १२ बाट वडा नः १ र २ मा खुवाउने हात्तिपाइले औषधीलाई कसरी सवैलाई खुवाउने र यसको प्रभावकारीताका बिषयमा न्तरक्रियामा छलफल भएको हो ।
५० बढिको सहभागिता रहेको कार्यक्रममा डा. राजेन्द्र जिसि र विपिन जैसवालले हात्तिपाइले रोगका बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा पिपरा अस्पतालका अध्यक्ष इश्वर थापा, वडा नः १ की वडा अध्यक्ष बालकुमारी अधिकारी, वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा बरिष्ठ समाजसेवि दोलकराम घिमिरे लगायतले आआफनो धारणा राखेका थिए । बोल्ने बतmाहरुले हात्ती पाइले औषधी खादा कुनै असर नगर्ने बताएका थिए । सो अवसरमा कपिलवस्तु जिल्ला हात्तिपाइले रोग निवारण गर्नका लागी नेपालकै सबैभन्दा कमजोर र पछि परेको जिल्लाका रुपमा रहेको जानकारी समेत गराइएको थियो । कार्यक्रममा समाजसेवि शिव कार्की, गोपाल भट्टराई, दिना सुवेदी, चनद्रकान्त पोखरेल पत्रकार अशोक पौडेल लगायतलेको सहभागिता रहेको थियो ।