बेटिस (एजेन्सी), फालगुण ७:- गए राति स्पेनिस लालिगामा रियल म्याड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको छ । रियलको जितमा मार्को एसेन्सियोले दुई गोल गरे ।खेलको एघारौं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आइसा मान्डिको गोल र नाचोको आत्मघाती गोलमा घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने रियलले खेल पुरै उल्टाउन सफल भयो । ५० औं मिनेटमा सर्जियो रामोसको गोलमा रियलले खेल बराबरी पार्यो भने ५९ औं मिनेटमा एसेन्सियोले टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै स्कोर ४-२ पारेका थिए । घरेलु टोलीले सर्जियो लियोनमार्फत ८५ औं मिनेटमा गोल फर्काउदै खेलमा पुन: फर्किने संकेत दिए पनि इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित पारे ।
यस जितसंगै रियलको २३ खेलमा ४५ अंक पुगेको छ । रियल चौथो स्थानमा रहेको छ र एक खेल बढि खेलेको अग्रस्थानको बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेको छ ।


जनता भ्वाइस 







