images
images

पिएसजी ले हारलाई बदल्यो जितमा

पेरिस (एजेन्सी), फाल्गुण ६:- स्ट्रासबर्गले खेलमा जिन अहुलुको गोलमार्फत अग्रता लिएको थियो । तर जुलियन ड्राक्सलरको दसौं मिनेटको गोलमा पिएसजीले खेल बराबरी पार्न सफल भयो । नेयमार र डि मारियाले खेलको २१ औं र २२ औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाएका थिए ।

त्यस्तै दोस्रो हाफको ६७ औं मिनेटमा स्टेफेन बोहाकेनले पाहुना टोलीका लागि फेरि एक गोल फर्काउदै खेलमा फर्किने संकेत दिएको थियो । तर एडिन्सन काभानीले ७२ औं र ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित पारे ।

यस जितसँगै पिएसजीको २६ खेलमा ६८ अंक रहेको छ । दोस्रोमा रहेको मोनाकोभन्दा पिएसजीको १२ अंक धेरै छ । त्यस्तै स्ट्रासबर्ग भने १४ औं स्थानमा रहेको छ ।