काठमाडौं, फागुन ५:- भारतीय कप्तान विराट कोहलीको दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय श्रृङ्खलामा छ म्याच, औसत १८६, रन ५५८ र श्तक ३ प्रदर्शन गरेका थिए।
दक्षिण अफ्रिकी भूमिका पहिलो पल्ट एक दिवसीय श्रृङ्खला जिताएर इतिहास रच्नका लागि कोहलीको कति भूमिका छ भन्ने कुरा त यसै तथ्यांकले स्पष्ट पार्दछ । ब्याटिङमा कोहलीको दबदा यस्तो रह्यो कि श्रृङ्खलामा रन बनाउनेमा दोस्रो नम्बरमा रहे । शिखर धवन र उनको बीचमा २३५ रनको फरक रहेको छ । धवनले ६ खेलमा एक शतकसहित ३२५ रन बनाए ।
कोहलीको मनको कुरा
अन्तिम वान डेमा जितपछि क्रिकेट कमेन्टेटर्स देखि प्रशंसकसम्म म्यान अफ् द सिरीज कोहलीको प्रशंसामा जुटेका थिए । कोहली भने आफ्नो शानदार सफलताका लागि पत्नी अभिनेत्री अनुष्का शर्मालाई क्रेडिट दिइरहेका थिए ।
सेन्चुरियन वान डेपछि कोहलीले भने, ‘मैदान बाहिर जसले सहयोग गरे उनीहरुलाई पनि श्रेय दिनुपर्छ । मेरी पत्नी लगातार हौसला बढाउने काम गरिन् । उनलाई यसको श्रेय दिनुपर्छ । विगतमा उनको निकै आलोचना भयो । जब म कठिन घडीमा थिए उनले मलाई लगातार अघि बढ्न प्रेरित गरिरहिन् । यसका लागि म उनीप्रति आभारी छु ।’
अनुष्कासँगको बिहेपछि विराट कोहलीको यो पहिलो भ्रमण हो ।


जनता भ्वाइस 








