अछाम, फाल्गुण १:- कमलबजार नगरपालिका–२ गणेशपुर बस्ने ३३ वर्षीया पबित्रा खड्काको दाउरा प्रहारबाट हत्या भएको छ ।
उनलाई उनकै पति ३५ वर्षीय केशर खड्काले दाउरा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अभियुक्त केशरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


जनता भ्वाइस 








