images
images

प्रणय दिवसलार्इ लक्षित गर्दै अम्बिका गुरुङको ‘ओ मेरी भ्यालेन्टाइन’

काठमाडौं, फाल्गुण १:-  प्रणय दिवसलार्इ लक्षित गर्दै अम्बिका गुरुङले ओ मेरी भ्यालेन्टाइन बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाज रहेको छ भने प्रकाश लेप्चाले संगीत गरेका छन् ।

समन अधिकारीको  निर्देशनमा बनाइएको भिडियोमा  छायाङ्कन दीपेन्द्र, भुपेन्द्र र सरोजले गरेका हुन् ।

सम्पादन भने सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिन्छ ।