भक्तपुर, २८ माघ:- भक्तपुरको नागपोखरीस्थित एउटा फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा अचानक लागेको आगोलागीबाट १० लाख बराबरको धनमाल तथा जिन्सी सामानहरूको क्षति भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार विहान सवा चार बजे लागेको आगो पाँच बजे नियन्त्रणमा आएको थियो ।
नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए । आगोलागी हुँदा काठ चिर्ने मेसिन ३ थान, जेनरेटर १ थान र काठ जलेर नष्ट भएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।