images
images

रियल मड्रिडको शानदार जित, रोनाल्डोको ह्याट्रिक

स्पेन, माघ २८:- स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ ले पराजित गरेको छ। स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ ले हराएको हो। रियलका लागि रोनाल्डोको ह्याट्रिकसँगै लुकास वाज्क्वेज र टोनी क्रुसले एक एक गोल गरे। रियल सोडिसाडाडका लागि जोन बाटिस्टा र एसर इलारमेन्डीले एक एक गोल गरे। खेलको पहिलो मिनेटमा नै वाज्क्वेजको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो। यस्तै रोनाल्डोले २७औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे। ३४औँ मिनेटमा क्रुस तथा ३७औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो। दोस्रो हाफमा रियल सोसिडाडले दुई गोल फर्कायो भने रियल मड्रिडले थप एक गोल गर्‍यो। ७४ औँ मिनेटमा बाटिस्टाले सोसिडाडका लागि पहिलो गोल गरे। यस्तै रोनाल्डोले ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले यो सिजन ला लिगामा ११ गोल गरेका छन्। ८३औँ मिनेटमा इलारमेन्डीले सोसिडाडका लागि गोल गरेपछि रियल मड्रिड ५–२ ले विजयी भयो। शनिबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो। त्यस्तै एलाभेसले भिल्लारियललाई २–१ तथा एइबरले लेगानेसलाई १–० ले हरायो।