काठमाडौं माघ २६,फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २-० ले हरायो । पहिलो लेगमा १-० को जित निकालेको बार्सिलोना समग्रमा ३-० को जितका साथ फाइनलमा पुगेको छ ।
साविकको विजेता बार्सिलोना लगातार पाँचौ पटक फाइनलमा पुगेको हो । लेन्सियाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको सुरुमा मैदान प्रवेश गरेका काउटिन्हाले गोल गरे ।
१४२ मिलियन पाउण्डमा बार्सिलोना आएका उनी पाँचौ खेल खेलेका लिरहेका थिए र चार मिनेटमै लुइस स्वरेजको पासमा गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा राकिटिकले गोल गर्दै जित सुनिश्चित गरे ।
अब बार्सिलोनाले उपाधिका लागि सेभियासँग खेल्नेछ । सेभिया ला लिगाको छैटौं स्थानमा छ र बार्सिलोना भन्दा २५ अंक पछाडि छ । कोपा डेल रेको २०१४ को फाइनलमा रियल मड्रिडसँग हारेको बार्सिलोनाले त्यसयता लगातार तीन पटक उपाधि जितेको छ ।


जनता भ्वाइस 








