images
images

पीएसजी अर्को खेलमा गोलरक्षक ट्रयाप खेल्न नपाउने

पेरिस (एजेन्सी), माघ २४:-  फ्रान्सेली कप अन्तर्गत मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोचाउलाई ४-१ ले पराजित गरेको छ । एन्जल डि मारियाले ह्याट्रिक प्रहार गरेपछि नेयमारले विश्राम लिएको खेलमा पीएसजी सहजै विजयी रहेको थियो । अर्को एक गोल एडिन्सन कभानीको नाममा रह्यो । खेलको अन्त्यतिर पीएसजीका गोलरक्षक केभीन ट्रयापले रातो कार्ड पाएपछि डिफेन्डर ड्यानी अाल्भेस गोलरक्षकको भूमिकामा देखिए ।

बेन्चमा अतिरिक्त गोलरक्षक भएपनि तीन खेलाडी परिवर्तन गरेको कारण मैदानमा रहेका एक खेलाडी गोलरक्षक बन्नुपर्ने थियो । अाल्भेसले अन्तिम मिनेटमा रातो कार्ड खाएको फलमा पोस्ट सम्हाले । यधपि उक्त प्रहार वालमा लागेका कारण उनले बल समाउन भने परेन ।

अल्भेस खेलको १० सेकेण्ड समय मात्र गोलरक्षकको भूमिकामा रहे । पीएसजी भने यस जितसँगै कपको अर्को चरणमा प्रवेश गरेको छ । अर्को खेलमा लागि गोलरक्षक ट्रयाप खेल्न पाउने छैनन् ।