काठमाण्डौ माघ २३,नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्ताले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेका छन् । काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा मंगलबार दिउँसो नेकपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । अदालत र राज्यबाट संरक्षित भ्रष्टचारीलाई चेतावनी स्वरुप घर तोडफोड गरिएको उक्त पार्टीले जनाएको छ।
कर फछर्यौट आयोगमा रहँदा अर्बौं रकम भ्रष्टचार गरेको आरोपमा अख्तियारले शर्मासहित आयोगका तीन पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले एक करोड रुपैयाँ धरौटीमा शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो । त्यसकै विरोधमा नेकपाले शर्माको घरमा तोडफोड गरेको जनाएको छ । आक्रमणबाट शर्माको घरका टायर र झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले करिब ४० जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
narayanionline


जनता भ्वाइस 








