images
images

राष्ट्रिय सभा निर्वाचनका लागी मौन अवधी शुरु

काठमाण्डौ माघ २२,आउने २४ गते बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार रातिदेखि नै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले बुधबार हुने निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको जनाएको छ ।

मौन अवधिमा राजनीतिक दलले कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न पाउनेछैनन् । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न, मत माग्न,पोष्ट पम्पलेट टास गर्न, एसएमएस, फेसबुकमार्फत पनि मत माग्न नपाइने, राजनीतिक दलले चुनाव प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यो बिचको समयमा यस्ता किसिमका गतिबिधी गरेमा आयोगले कारवाही गर्ने समेत जनाएको छ ।