काठमाडौं, माघ २२:- यही साता हुने वीन्टर ओलम्पिकमा सहभागिताबारे थप छलफल गर्न उत्तर कोरियाले उच्चपदस्थ अधिकारीसहितको टोली दक्षिण कोरिया पठाउने भएको छ । ओलम्पिकमा सहभागिताको लागि उत्तर कोरियाका संवैधानिक प्रमुख किम योङ नाम नेतृत्वको २२ सदस्यीय टोली दक्षिण कोरिया जादैछ । समारोहमा दुवै देशका खेलाडीले एउटै झण्डामुनि रहेर मार्चपास गर्ने बताईएको छ । वीन्टर ओलम्पिकमा सहभागि हुने विषयलाई उत्तर कोरियाले दुईदेशबीचको कुटनीतिक सम्बन्ध सुधारको अवसरका रुपमा समेत लिएको बीबीसीले उल्लेख गरेको छ । आणविक गतिविधिका कारण पछिल्लो समय उत्तरले संयूक्त राष्ट्रसंघ तथा विभिन्न देशहरुबाट प्रतिबन्धको सामना गर्दै आएको छ ।