images
images

टिप्पर चालकद्धारा भत्ताको लोभमा सडक दुर्घटना

अशोक पौडेल
जितपुर(कपिलवस्तु) २० माघ ।
भत्ताको लोभमा बढि सडक दुर्घटना हुने गरेको छ । ट्रक टिप्पर तथा ट्रेक्टर चालकले भत्ताको लोभमा सवारी साधन तिव्र गतिमा चलाउदा सडक दुर्घटना बढि हुने गरेकोे हो । चालकले ट्रिपका आधारमा भत्ता पाउने गरेका छन । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार गत असार मसान्तबाट हालसम्म ट्रक टिप्पर ९ वटा दुर्घटना भएकोमा ९ जनाको मृत्यु भएको छ । साथै ५ जना दुर्घटनामा परि घाइते भएका छन । उता ९ टे«क्टर दुर्घटना भएकोमा ९ जनाको मृत्यु र ९ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख अमर कार्कीले जानकारी दिए । टिप्परले कालाकाटेबाट भैरहवा एक ट्रिप गरेबापत चालकले १ हजार भत्ता पाउने गरेका छन । ती मध्य केही चालकले तीन ट्रिपसम्म दिनमा लगाउने गरेका छन । यसरी उनीहरुले दिनको तिन हजार भत्ता पाउदा महिनामा करिव तलक भत्ता गरी एक लाख भन्दा बढि रकम चालकले कमाउने समेत गरेका छन । यद्यपि उनीहरुको तलक मासिक ७ हजार देखि १२ हजार सम्म हुने गरेको छ । टिप्परबाट हुने दुर्घटना राजमार्गमा बढि हुने र ट्रेक्टरबाट हुने दुर्घटना गाउघर बढि हुने गरेको पिपराका ट्राफिक इन्चार्ज राजिव बिष्टले बताए । चालकले दैनिक ३ सय बराबरको खुराकी बापत पनि रकम पाउने गरेका छन । हाल भएका सडक दुर्घटना तिव्र गतिकै कारण भएकाले भत्ताको लोभले गर्दा पनि र सवारी साधनको बढदो चापले हुन सक्ने बिष्टको भनाई रहेको छ ।


टिप्पर चालकको मनपरिले पैदल यात्रुका साथै सवारी चालकहरु आफै सावधान हुनु पर्ने अवस्था आएको बाणगंगा यातायात ब्यवसायीसमितिका महासचिव लक्ष्मण भुसालले बताए । यद्यपि उनीहरुलाई सचेत बनाउनका लाागी समितिले जनचेतना र प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरी सकेको उनी बताउछन । जिल्लामा खोला खुलेकाले पनि सवारी साधनको चाप बढेको जिल्ला ट्राफिक प्रमुख कार्कीको भनाई छ । ट्राफिक कार्यालयले अहिले कडाई गरेको छ र जसमा टिप्पर र ट्रेक्टर बढि कारबाहीमा परेका छन । राजस्व मसान्तदेखि हालसम्म कारबाही सख्या ११ हजार ७ सय ४१ सवारी साधनलाई कारबाही गरि ६९ लाख बिस हजार राजस्व सकंलन भएको छ ।