images
images

कपिलवस्तुमा स्थानिय स्तरबाट सडक निर्माण !

जीतपुर कपिलवस्तु माघ २१,स्थानिय युवा तथा बुद्धिजिवीहरुको पहलमा बाणगंगा नगरपालिका वडा नं.४ डुगहवामा सडक निर्माण कार्य अगाडी बढेको छ । सडक निर्माणका लागी बाणगंगा नगरपालिका  को ७० प्रतिशत र स्थानिय उपभोक्ताको ३० प्रतिशत बजेटमा सडक निर्माण कार्य शुरु भएको हो ।

नेपाली काग्रेसका तर्फबाट मेयर बनेका मंगल प्रसाद चौधरीले आफ्नो बजेट मध्येको रु.४२ लाख र वडा नं.४ को  बजेट मध्ये रु.२२ लाख समेत सडक निर्माणको लागी छुट्टाएको वडा अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिनु भयो ।

सडक निर्माणका लागी सीता के.सी.अध्यक्ष र  सुशिल सिंह ठकुरीलाई सचिवको जिम्मेवारी दिएको छ ।