पोखरा माघ १२,पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।
“आहा रारा गोल्ड कपको ईतिहासमा ४-४ पटक उपाधि जितेर पहिलो पटक फाईनलमा यात्रा तय गरेका थ्रिस्टार र विभागिय टोली नेपाल पुलिस क्लव फाईनलमा पुगेका थिए सोही क्रममा नेपाल पुलिस क्लवले थ्रीस्टारलाई हराउदै नयाँ ईतिहास रचेको हो ।’’
शनिबार भएको फाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १-० गोलले हराउदै उपाधी रक्षा गरेको हो । निकाई प्रर्तिस्पर्दी खेलमा निर्धारित समयका खेल गोलरहित वराबरीमा सकिएको थियो । थपिएको समयमा पुलिसका राम वाजीले गोल गर्दै पुलिसलाई बिजयी बनाएका हुन ।