images
images

कस्तुरीको बिना सहित बिश्वकर्मा पक्राउ

हेटौडा माघ १९, संरक्षित वन्यजन्तु कस्तुरीको बिना सहित चितवनको चैनपुर घर भई बाराको जितपुर उपमहानगरपालिका–१ बस्ने बल बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विश्वकर्मालाई बिहीबार बाराको जितपुर उपमहानगरपालिका–१ गोविन्द टोलबाट ५ सय ग्रामको कस्तुरीको बिना ११ थान सहित पक्राउ गरेको हो ।  विश्वकर्मालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला बन कार्यालय सिमरा बारामा बुझाइएको छ ।