images
images

निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

जीतपुर कापिलवस्तु माघ १९,पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । नेपाल आयल निगमले १७ रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

१७ राति १२ बजेदेखि लागु हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढाइएको छ । नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ कायम भएको छ । अन्तर्राष्ट्रिय तर्फ प्रतिलिटर १० डलर बढाइएको छ ।