जितपुर(कपिलवस्तु) १९
यही माघ २३ गते हुने कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशनमा सचिव पदमा युवा समाजसेवि मनोज पौडेल र शंकर न्यौपानेले उमेद्धवारी दिने भएका छन । हाल उनीहरु दुवै कार्य समिति सदस्य रहेका छन । युवा समाजसेवि पौडेल यस क्षेत्रका दर्जनौ सघंसस्थामा आवद्ध रही नेतृत्वदायी भुमिका खेल्नुका साथै कुरा भन्दा पनि काम गरेर देखाउने स्वभावका रहेका छन भने उता न्यौपाने नेविसघंका जिल्ला उपसभापति समेत रहेका छन ।
युवाहरुबाटै दवाव आएका कारण उमेद्धवारी दिएको उनीहरुको भनाई रहेको छ । सहमति नभए चुनावन्र लडने मनोज पौडेलको भनाई रहेको छ ।