images
images

छवि रेश्मीको उमेद्धवारी उद्योग उपाध्यक्षमा

जितपुर(कपिलवस्तु) १९
यही माघ २३ गते हुने कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशनमा उद्योग उपाध्यक्ष तर्फ युवा समाजसेवि छवि रेश्मी मगरले उमेद्धवारी दिने भएका छन । हाल महासचिव समेत रहेका उनी उद्योग उपाध्यक्ष पदका लागी लडने पक्का भएको हो । अर्घाखाचीको सुवर्णखाल गाविस मन्र्देमा जन्म भई यहाँ आई रेश्मीले सानो उमेरमै ब्यवसायीक सफलता हासिल गरेका हुन । जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुको जिल्ला अध्यक्ष , नेपाल घरेलु महासघं कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष , कपिलवस्तु बन पैदावार ब्यवसायी सघंको महासचिव समेत रहेका उनी जिल्ला भित्रका दर्जनौ सघंसस्थामा आवद्ध रहेका छन ।

कपिलवस्तु महोत्सव लगाउन उनको यहाँ नेतृत्वदायी भुमिका रहेको थियो । पाच महोत्सवसम्म उनले निर्देशकको जिम्मेवारी समेत बहन गरी सकेका छन । मिजासिला स्वभावका रेश्मीले युवाहरुकै आग्रहमा उमेद्धवारी दिन बाध्य भएको बताएका छन । ब्यवसायीक सुरक्षाका लागी आफुले काम गर्ने उनको भनाई रहेको छ ।