images
images

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

काठमाण्डौ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल दुईदिने भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलबाट विदेशमन्त्री स्वराज सिधै होटल सोल्टी प्रस्थान गरेकी छन्। त्यहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाटको सुरुवात गर्नेछिन्।