काठमाण्डौ माघ ४,आज तामाङ समुदायले विभिन्न कार्यक्रम गरी बिहीबार नयाँ वर्ष २८५४ औं सोनाम ल्होछार मनाएका छन् । ’ल्होछार’ शब्द ’ल्हो’ अर्थात् वर्ष वा साल र ’छार’ वा ’सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदै आएका छन् । ल्होछारको अवसरमा काठमाडौको भृकुटीमण्डप र टुडिखेलमा आयोजित विशेष कार्यक्रममा तामाङ समुदायका हजारौँ मानिसहरुको उपस्थिती थियो ।
सो अवसरमा आ–आफ्नो भेषभुषामा सजिएका तामाङ समुदायले झाँकी तथा गीत संगित प्रस्तुत गर्दै एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन् ।